तीन विधेयक फिर्ता लिन कांग्रेसको माग
१ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान प्रतिकुल हुने गरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । आज सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलकाे बैठकले तीन विधेयक फिर्ता लिन सरकारसँग माग गरेको हो ।

संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । ती तीन विधेयक फिर्ता नभए सरकारविरुद्ध सदन र सडकमा संघर्ष गर्ने कांग्रेसले निर्णय गरेकाे छ ।’
प्रकाशित मिति : 16:12









