प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य मात्रै
१ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जेठी बुहारी सिर्जना त्रिपाठीले नेकपामा पद पाएकी छन् । उनलाई पार्टीको कास्की जिल्ला कमिटी सदस्य मात्रै बनाइएको छ । प्रचण्ड पुत्र प्रकाश दाहालले बिना मगरसँग विवाह गरेपछि राजनीतिमा सक्रिय भएपनि सिर्जना छुट्टै बस्दै आएकी थिइन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला स्तरमा कमिटी गठन भइरहेको छ । बैशाख ८ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नामको टुंगो लगाएको थियो । त्रिपाठीले जिल्ला सदस्य पदबाट सक्रिय हुँदै राजनीतिमा स्थापित हुने रणनीति लिएकी छन् । प्रचण्डकी बुहारी भएका कारण कास्कीमा त्रिपाठीलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।
प्रकाशित मिति : 14:09









