११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

विवाहमा मदिरा सेवन गरी  दुई समूहबीच कुटाकुट, एकको मृत्यु

३१ वैशाख, दैलेख ।  नारायण नगरपालिका–५ छात्तीकोटमा विवाहमा दुई समूहबीच झडप हुँदा आफन्तको विवाहमा गएका एक युवकको मृत्यु भएको छ।  दुई समूहबीच झडप हुँदा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ ।

थापाको गाउँकै पहलसिं सारु र दानबहादुर थापाको समूहबीच मदिरा सेवन गरेर झगडा भएको थियो। झडपका बेला राति १२ बजे थापाको मृत्यु भएको भन्ने खवर आएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रकाशित मिति : May 14, 2019 at 2:13 pm