९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

चुनावी मुद्दाकाे टुङ्गो लाग्याे

३० वैशाख, काठमाडाैँ । चुनावी मतगणनामा शङ्का लागेर जिल्ला अदालतमा परेको मुद्दा सहमतिमा टुङ्गिएको छ । विसं २०७४ जेठ ४ गते भएको स्थानीय तहको निर्वाचनको मतगणनामा शङ्का लागेर एमालेबाट जुम्लाका हिमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार भैरवबहादुर रोकायले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मतगणनामा तत्कालीन माओवादीबाट अध्यक्षमा निर्वाचित भएको थियो ।

तत्कालीन नेकपा (एमाले) र माओवादीबीच भएको पार्टी एकीकरणपछि बनेको नेकपाका पार्टीका जिल्ला अध्यक्ष वीरबहादुर कँुवर र सचिव तीर्थबहादुर बुढा, पूर्वमन्त्री गोमा कुँवरलगायत सो पार्टीका नेता तथा कार्यकर्ताबीच २०७६ वैशाख २९ गते भएको सहमतिका आधारमा सो मुद्दा टुङ्गिएको जिल्ला अदालतले जनाएको छ । वादी भैरवबहादुर रोकायाले स्थानीय तहको विकासका लागि पार्टीको निर्णयानुसार अब आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 17:37