काठमाडाैँकाे ठमेलबाट प्रतिबन्धित भारुसहित धादिङका शम्भु र अन्य ४ जना नेपाली पक्राउ
३० वैशाख, काठमाडौँ । काठमाडाैँकाे ठमेलबाट प्रतिबन्धित भारुसहित ५ जना नेपाली पक्राउ परेका छन् । भारतमा प्रतिबन्धित १ हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौँले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 14:17







