९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

एकीकरण अस्वीकार गर्दै नयाँ शक्तिका सयाैँ कार्यकर्ता नेकपामा, गोरखामा बाबुरामलाई धक्का

२९ वैशाख, काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग नयाँ शक्तिको एकीकरण भएपछि नेता कार्यकर्ताले भने नेकपा  रोजेका छन । दुबै पार्टीको एकीकरणको घोषणा लगत्तै नयाँ शक्तिका नेता कार्यकर्ताको नेकपा प्रवेशको लहर नै चलेको छ । पार्टी एकीकरण पश्चात सायाैँ नेता कार्यकर्ता नेकपा प्रवेश गरिसेका छन भने जिल्ला जिल्लामा विभिन्न कार्यक्रमको अवसर पारेर पार्टी प्रवेश गर्ने तयारी गरेका छन ।

डा बाबुरामको गृह जिल्ला गोरखाकै झण्डै एक सय नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन । अाइतबार मात्रै पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता/कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् ।

देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदैु गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन् । पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गरेका थिए ।

प्रकाशित मिति : 17:12