सन् २०२० को ‘भिसाक डे’ लुम्बिनीमा गर्ने प्रधानमन्त्री ओलीको घोषणा
२९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को ‘भिसाक डे’ लुम्बिनीमा गर्ने घोषणा गरेका छन । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै भियतनामको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले अाइतबार बिहान भिसाकमा भएको संयुक्त राष्ट्रसंघीय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सन् २०२० को ‘भिसाक डे’ लुम्बिनीमा गर्ने घोषणा गरेका हुन । प्रधानमन्त्रीको सम्बोधन जारी रहेको भ्रमण टोलीका सदस्य टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले जानकारी दिए । तस्बीरहरूः रामकृष्ण तिमल्सिना

प्रकाशित मिति : 10:22









