८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

नयाँ शक्तिका असन्तुष्ट १८ नेताहरुले बाबुरामलाई बुझाए ६ बुँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

२६ वैशाख, काठमाडौँ । नयाँ शक्तिका असन्तुष्ट १८ नेताहरुले बाबुराम भट्टराईलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छ । नयाँ शक्ति पार्टीका नेताहरुले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्ट जनाउँदै बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । भट्टराईले एकलौटी निर्णय गरी पार्टीलाई फोरममा विलय गराएको निश्कर्षसहित पार्टीका सचिवालय सदस्यसहित १८ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् ।

ललितपुरस्थित तत्कालीन नयाँ शक्तिका नेता मदन राईको घरमा बुधबार असन्तुष्ट केही नेताहरुले ज्ञापनपत्र बुझाउने विषयमा छलफल समेत गरेका थिए । ज्ञापनपत्र बुझाउनेमा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, नारायण तिवारी, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, राम बहादुर बोहोरालगायत रहेका छन् ।

बुधबार केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरिसकेकी छिन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

यस्ताे छ ज्ञापन–पत्र

माननीय अध्यक्ष ज्यू,
विषय: ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
सबैभन्दा पहिले हामीले स्थापना गरेको नयाँ शक्ति पार्टी नेपाल तथा माननीय उपेन्द्र यादवजी अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच भएको ऐतिहासिक एकीकरणलाई हामी सहृदय स्वागत गर्दछौ ।
नयाँ शक्ति पाटी, नेपालको स्थापनासंगै सार्वभौम सम्पन्न नेपाल, समानुपातिक समावेशिता, सुशासन/सदाचार, सहभागितामूक लोकतंत्र र समुन्नत समाजवाद पाँच ‘स’ को जगमा जन्माएका थियौं । राजनीति साम्यवादी र पूँजिवादी दुई धारमा लागेको अवस्थामा तेस्रो विकल्प स्वरुप समुन्नत समाजवादको झण्डा हामीले उठायौं ।

सहभागितामूलक लोकतन्त्र र क्रोनिक क्यापिटलिज्मको व्यख्याले जनताको राम्रै सेन्टिमेन्टस लिएको थियो । तर विचारको कसी व्यहारमा लगाउनेगरि नीति र योजनालाई तादम्यता मिलाएर अगाडि बढ्ने कार्यक्रमहरु बनाउने सन्दर्भमा पर्याप्त छलफल र गृहकार्य हुन सकेन । त्यसेलै प्रभावकारी योजनाहरु बनेनन् ।

विस्तारै हामी हाम्रा वैचारिक मूल्य मान्यताको व्याख्या गर्ने र व्यवहारमा पुरानै चलनचल्तीमा रहेको एकमानावादी सोचको प्रयोग गर्दै अगाडि बढ्यो । बैठकहरु छलफल सुझाव लिएर योजना निर्माण गर्नुभन्दा पनि साँगुरा घेराबाट आएका प्रस्तावहरु पारित गर्ने थलोको रुपमा परिणत हुँदै गए ।

सहभागितामूलक लोकतन्त्रको जन्मसंगै फस्टाउनै नपाई आज आन्तरिक लोकतन्त्र मरेको अनुभूति भएको छ । मूलतः नयाँ शक्ति पार्टीले समकालीन नेपालको राजनीतिक÷सामाजिक अवस्थाको आमूल परिवर्तनका लागि प्रतिपादन गरेको नयाँ नौलो वैकल्पिक सोच, विचार र दृष्टिकोणलाई कसरी प्रभावकारी रुपमा नवगठित समाजवादी पार्टीको जीवन्त दैनिकीमा अभ्यास र प्रयोगमा ल्याउने भन्ने विषय नै यो छलफलको मूल उद्येश्य हो । त्यसैले ज्ञापन—पत्र दिन बाध्य भएका छौं । बुन्दाहरु निम्नलिखित छन् –

(१) पार्टी एकीकरणजस्तो महत्वपूर्ण कार्यको मूल दस्तावेज केन्द्रीय समितिमा अध्ययन तथा छलफल गराइएन ।
(२) प्रोटोकल अनुसार संघीय परिषद्को अध्यक्षले कार्यकारी अध्यक्षलाई शपथग्रहण गराउनु पर्नेमा गम्भिर गल्ति भएकोछ ।
(३) विचार र संगठनको महत्वलाई प्राथमिकतामा नराखि सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाउदै कमिटीहरु मनोनयन गरिनु नयाँ शक्तिको मर्म र भावना विपरित देखियो ।
(४ं)नयाँ शक्तिको मौलिकपक्षहरु राजनीतिलाई समाजसेबाको रुपमा स्थापित गर्न, सदाचार, सुशासन र लोकपालजस्ता महत्वपूर्ण पक्षहरुलाई निरन्तरता दिनुपर्छ । (घोषणा सभाको बैनरमा सदाचार देखिएन)
(५)दिनको संकेत विहानीले दिन्छ भनेजस्तै पार्टी घोषणाको सभाहलमा विभेदपूर्ण चित्रहरु देखिए ।
(६) नयाँ शक्ति पार्टीले जन्माएको पाँच स को विचारलाई प्रभावकारी रुपमा कसरी कार्यान्वयन गर्ने हाम्रो मूल ध्येय रहेको छ ।

हामी हौं —
(१) मदन राई —सदस्य, विज्ञ परिषद
(२) राम रिझन यादव— सदस्य, सचिवालय, इन्चार्य प्र.न. २
(३) भक्त बहादुर शाह— सदस्य, सचिवालय, प्र. न. ७
(४) देबेन्द्र पराजुली— सदस्य, सचिवालय, इन्चार्य प्रवास
(५) सोनाम सिंह स्यांगताङ्ग —सदस्य, सचिवालय
(६) कल्पना धमला—सदस्य, सचिवालय तथा पूर्व मंत्री
(७) ज्ञानेन्द्र कुमाल— केस तथा पूर्व सभासद
(८) भिम बहादुर मल्ल—केस
(९) मोहिनी महर्जन— सदस्य, विज्ञ परिषद
(१०) नारायण तिवारी— सदस्य, विज्ञ परिषद
(११) राजु थापा—केस
(१२) मनु हुमागाई— सदस्य, संरक्षक परिषद्
(१३) रामबहादुर वोहरा —केस, पूर्व साँसद
(१४) अकल बहादुर थिङ्ग— केस, पूर्व सांसद
(१४) जितेन्द्रसिंह महरा— संघीय परिषद सदस्य
(१५) दीपक महतो — संघीय परिषद सदस्य
(१६) गोविन्द कडेल— संघीय परिषद सदस्य
(१७) रमेश थापा मगर—
(१८) रुपनारायण श्रेष्ठ — संघीय परिषद सदस्य

धन्यवाद । २०७६/१/२६

प्रकाशित मिति : 20:04