१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

प्रचण्ड र सीताले ५० औँ वर्षगाँठकाे अवसरमा यसरी गरे पुनःविवाह (फाेटाेफिचर)

२६ वैशाख, काठमाडाैँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँगकाे ५० औँ वर्षगाँठकाे अवसरमा प्रचण्डले दाेस्राे पटक विवाह गरेका छन् । २०२६ साल वैशाख २६ गते विवाह गरेका  प्रचण्डले पत्नी सीतासँग पुनः विवाह गरेका हुन् ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राख्दै प्रचण्डले सितासँग दाेस्राे विवाह गरेका हुन् ।

विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

 

 

 

प्रकाशित मिति : May 9, 2019 at 6:53 pm