८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

कांग्रेसको जागरण कार्यक्रममै कार्यकर्ताबीच कुटाकुट, १ जना घाइते

२६ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमै कार्यकर्ताबीच क्रममा कुटाकुट भएकाे छ। झडप हुँदा  तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् । सिन्धुपाल्चोकमा जागरण अभियान उद्घाटनमै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् ।

जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।

श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको थियाे । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।

प्रकाशित मिति : 11:25