८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

सल्यानमा नेकपा नेताको तमासा, मेयरले अधिकार खोसेपछि वडा अध्यक्ष अदालतको शरणमा

२५ वैशाख, सल्यान । सल्यानमा नेकपाका नेताहरूले तामासा प्रस्तुत गरेका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाविन्द कुमार पुनले आफूले पाएको अधिकार प्रयोग गर्न नदिएको भन्दै एक वडाध्यक्षले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएकाे छ । मेयर पुन र वडा अध्यक्ष गोविन्द डाँगी दुबै नेकपाका नेता हुन । उनीहरू पूर्व एमालेबाट नगरपालिकाको मेयर र वडा अध्यक्षमा निर्वािचत भएका थिए ।

बनगाड कुपिण्डे नगरपालिका १२ का वडाध्यक्ष गोविन्द डाँगीले नगर प्रमुखले आफ्नो काम, कर्तव्य र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेका छन । डाँगीले आफ्नो अधिकारमाथि नगरप्रमुख गोविन्दकुमार पुनले ठाडो हस्तक्षेप गरेको बताएका छन । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार वडाध्यक्षलाई प्रदान गरिएको छ, तर नगर प्रमुखले वडाध्यक्षको अधिकारमाथि हस्तक्षेप गर्नुभएको छ,’  डाँगीले भने ।

नगरप्रमुख पुनले भने कार्यपालिका सदस्यलाई वडामा हुने योजनाहरुको लागि उपभोक्ता समिति गठन, योजना सम्झौताको सिफारिसलगायतका कार्यहरु सञ्चालन गर्ने मात्र जिम्मेवारी दिएको स्वीकार गरेका छन। वडा समितिको बैठकको निर्णय अनुसार काम गरेको र वडा समितिको निर्णयबिना कुनै पनि काम नगरेको उनको दाबी छ ।

प्रकाशित मिति : 20:49