प्रधानमन्त्रीले संसदको गरिमा घटाएको भन्दै कांग्रेसको घोर आपत्ति
२४ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अोलीले संसदको गरिमा घटाएको भन्दै घोर अापत्ति जनाएको छ । कांग्रेसका मुख्य सचेत बालकृष्ण खाँडले विज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा वैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैर संसदीय भाषा बोलेकोप्रति गम्भीर आपत्ती प्रकट गरेका छन ।

यस्तो छ कांग्रेसको विज्ञप्ति
१. मिति २०७६ वैशाख २० गते सम्माननीय राष्ट्रपतिद्वारा सम्बोधन गरिएको नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथी छलफल पश्चात प्रतिनिधिसभाका माननीय सदस्यहरुले सम्माननीय प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभा वैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैर संसदीय भाषा बोलेकोप्रति नेपाली काँग्रेस संसदीय दल गम्भीर आपत्ती प्रकट गर्दछ ।
२. प्रतिनिधि सभाका सम्माननीय सभामुखले गरिमामय ढंगले संसद सञ्चालन गर्नुपर्ने र गैर संसदीय एवं संसदको गरिमा घट्ने खालका अमर्यादित शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको र संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेमा त्यसप्रति तत्परता समेत नदेखाउनु भएकोप्रति नेपाली काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।
३. संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशिघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्नका लागि नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ ।
बालकृष्ण खाण
प्रमुख सचेतक

प्रकाशित मिति : 22:31









