४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

`मेराे सरकार´ झुक्किएर हाेइन जानेर नै राखेका हाैँ: प्रधानमन्त्री ओली

२४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दा `मेरो सरकार´ भनेर राष्ट्रपतिले उच्चारण गरेकाे शब्द जानीजानी राखिएको बताएका छन । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नकाे जवाफ दिँदै ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द भुलचुकले परेको नभइ सुविचारी ढंगले जानीबुझि नै राखेको स्पष्ट पारे ।

सम्बाेधनका क्रममा प्रधानमन्त्रीले भने ‘मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुविचारी ढंगले जानीबुझी राखेको शब्द हो ।’ उनले सांसदहरुले मेराे सरकारकाे विषयलाई बढी चर्चाकाे विषय बनाएकाेमा असन्तुष्टि जनाउँदै यस्ता विषयले पहाड खनेर मुसो पनि ननिस्कने बताए ।

उनले भने `साथिहरुले पोहोर त यस्तो थिएन भन्नुभयो तर हामी विगतका नमिलेका कतिपय कुराहरुलाई मिलाउँदै अघि बढेको छाैँ, अन्तरराष्ट्रिय अभ्यास अनुसार नै यस्तो सम्बोधन भएको हाे ।´

प्रकाशित मिति : May 7, 2019 at 3:08 pm