८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले आज जवाफ दिने

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिने भएका छन । प्रधानमन्त्रीले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा जवाफ दिन लागेका हुन । यही वैशाख २० गते सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गरेकी थिइन ।

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने परम्परा अनुसार प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर त्यसबारे प्रष्ट पार्न लागेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । नीति तथा कार्यक्रममा विपक्षीले आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : 08:37