८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

प्रदेश १ को स्थायी राजधानी पनि विराटनगरमै, राजधानी बनाउन प्रदेशसभाको सर्वसम्मत निर्णय

२३ वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै भएको छ । सोमबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोक्ने निर्णय गरेको हो । विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्ने निर्णय भएको हो ।

विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा कार्यालय रहेने प्रस्ताव पनि प्रदेशसभाले पारित गरेको छ । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए । राजधानी तोक्ने बैठकमा कांग्रेसका तीनसहित ६ सांसद अनुपस्थित रहेका थिए । जसमा प्रदेशसभा सदस्यहरु ज्योति सुब्बा (कांग्रेस), प्रतापप्रकाश हाङगाम (कांग्रेस), गणेश काङमाङ (नेकपा), रामचन्द्र लिम्बु (संघीय समाजवादी फोरम), अगमलाल चौधरी (कांग्रेस) र राधा थापा (संघीय समाजवादी फोरम) अनुपस्थित थिए ।

नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहर र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने बेहोरोसहितको प्रस्ताव दर्ता गरेको थियो ।

प्रकाशित मिति : 21:00