आजबाट डा भट्टराई पनि सत्तारूढ, उपप्रधानमन्त्री यादवको दिनगन्ती सुरू
२३ वैशाख, काठमाडाैँ । आजबाट डा बाबुराम भट्टराई पनि सत्तारूढ दलको संसाद बन्ने भएका छन । संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच आज एकताको घोषणा भएसँगै डा भट्टराई पनि सत्तारूढ बन्न लागेका हुन । एकीकरण हुन लागेको दल संघीय समाजबादी फोरम नेपाल सत्तामा छ भने नयाँ शक्ति पार्टीको संसदीय अस्तित्व केही पनि छैन । डा भट्टराई संसदमा स्वतन्त्र सांसदको हैसियतामा रहेका छन । दिउँसो १२ बजे काठमाण्डौमा दुबै पार्टीका शीर्ष नेताको उपस्थितिमा एकताको घोषणा गर्ने गरी अन्तिम तयारी भैरहेको छ ।

दुबै दल एक भएर समाजवादी दल बन्दै छन । नयाँ दलमा डा भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने सहमति यसअघि नै भैसकेको छ । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् ।
उपेन्द्रको दिनगन्ती सुरू
सत्ता भनेपछि भुतुक्कै हुने उपेन्द्र यादवको समेत सोमबारको पार्टी एकीकरणको घोषणासँगै दिनगन्ती सुरू हुँदैछ । पार्टी भित्र सरकार छाड्न तीब्र दबाब बोकेपछि अाफूसहित अन्य दुइ जनाको राजिनामा खल्तीमा बोकेर हिडेका उपप्रधानमन्त्री यादवले अब प्रधानमन्त्री केपी शर्मा अोलीलाइ भेटेर माग पूराका नाममा अन्तिम अल्टिमेटम दिनेछन । त्यसपछि उक्त अल्टिमेटमका अाधारमा यादवले राजिनामा बुझाएर सरकारबाट बाहिरिने अन्तरिक तयारी छ । नयाँ शक्तिसँगको एकीरकणको छलफलकै क्रममा पनि दुबै नेताको बीचमा केही दिनको समय राखेर अल्टिमेटम दिने र सरकार छाड्ने सहमति बनेको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : 09:14









