प्रदेश १ को राजधानी विराटनगरमा राख्ने नेकपाकाे निर्णय
२२ बैशाख, मोरङ । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश १ को राजधानी विराटनगर राख्नेगरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । यसअघि आइतबार बसेको सर्वदलीय बैठकमा प्रदेश राजधानी विराटनगर राख्ने विषयमा छलफल भएको थियो ।

त्यसलगत्तै बसेको नेकपाको संसदीय दलको बैठककाे प्रस्तावमा छलफल गरी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । संसदमा काँग्रेसले पनि राजधानी विराटनगरनै राख्ने प्रस्ताव गरेको थियो । प्रदेशको नामाकरणको बारेमा भने सहमति जुट्न सकेको छैन । राजधानीका संरचना भने इटहरिमा समेत रहने भएका छन् । प्रदेशको राजधानी प्रदेशसभाको २ तिहाई बहुमतले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : 19:05







