स्वकीय कर्मचारीकाे तलब समेत आफैँ झ्वाम पार्छन राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना
२२ वैशाख, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएको पाइएकाे छ । अध्यक्ष तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख तलब सुविधा बुझ्ने गरेको तथ्य आजकाे नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेकाे छ ।

अध्यक्ष तिमल्सिनाले जब कि संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन । अध्यक्ष तिमिल्सिनाले प्रतिचालक १८ हजार ३४० र प्रतिकार्यालय सहयोगी १६ हजार २३० रुपैयाँ तलब बुझिरहेका छन्। चार जनाको कुल तलब मासिक ६९ हजार १४० रुपैयाँ हुन्छ।
प्रकाशित मिति : 07:04







