काठमाडौँको चोभारमा आगामी तीन वर्षभित्र सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइने
२० बैशाख, काठमाडौँ । सरकारले आगमाी तीन वर्षभित्र काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उक्त घोषणा गरेको हो ।

संघीय संसद्मा राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्षमा प्राङ्गारिक खेतीलाई प्राथमिकता दिइने र त्यसका लागि प्राङ्गारिक मल उत्पादनमा जोड दिइने पनि उल्लेख छ ।
प्रकाशित मिति : 18:13







