८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

अब सार्वजनिक सवारीमा यात्रा गर्न यातायात कार्डको व्यवस्था गरिने

२० बैशाख, काठमाडौँ । सरकारले आगामी चार वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै सो घोाषणा गरेकी हुन् ।
राष्ट्रपति भण्डारी घोषणा गरेका अन्य बुँदा यस्ता छन् :

–सबै स्थानीय तह र सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याइनेछ ।

–सबै आर्थिक कारोवार बैंकिङ प्रणालीमार्फत गरिने छ

–यातायात प्राधिकरण स्थापना गरिने छ ।

–सार्वजनिक सवारीमा यात्रा गर्न यातायात कार्डको व्यस्था गरिने छ । ठूला सवारी साधन र विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइने छ ।
–राष्ट्रपति सैक्षिक सुधार कार्यक्रम घोषणा गरिने छ ।

– मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय दुई वर्षभित्र सञ्चालनमा ल्याइने छ ।

–सबै स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

–प्रत्येक प्रदेशका कम्तिमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

प्रकाशित मिति : 18:10