८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका यस्ता छन् मुख्य बुँदाहरु

२० बैशाख, काठमाडौँ । सरकारले आगामी वर्षलाई इतिहासकै तीव्र विकासको वर्ष बनाउने लक्ष्य लिएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको  (२०७६/०७७) लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै तीब्र विकासको नीति लिएको बताइन् ।

नीति तथा कार्यक्रमका मुख्य–मुख्य बुँदाहरू यस्ता छन्ः

–आगामी चारवर्षभित्र दोहोरो अंककाे आर्थिक बृद्धिदर हासिल गरिनेछ ।

–क्षेत्रगत कार्यक्रमलाई दीगो विकासको लक्ष्यसँग आवद्ध गरिनेछ ।

–आगामी आथिक बर्ष इतिहासकै तीव्र विकासको बर्ष हुनेछ ।

–मानवीय क्षेत्र विकास, रोजगार सृजना, असमानताको अन्त्य र विधिको शासनको प्रत्याभूतिलाई केन्द्रमा राखिएको छ । –प्रदेशहरुको सम्भावनाका आधारमा विशिष्ट विकास नीति कार्याक्रमको अवधारणा ल्याइने ।

–अधुरो राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ । आगामी वर्ष ५ लाखलाई थप रोजगार दिने । कर भुक्तानी लागत घटाइने ।

–२०२१ सम्म देश उच्च आय भएको हुनेछ ।

–सबै स्थानीय तह र सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट र्पुयाइनेछ ।

–राष्ट्रिय बचत क्षमता बढाइनेछ ।

–ठुला आयोजनामा नागरिकाको लगानी लगाइनेछ ।

–लिफ्ट सिञ्चाइ प्रणाली विस्तार गरिनेछ । मधेस तथा तराईका कृषियोग्य भूमिमा सौर्य सिचाईं योजना सञ्चालन गरिनेछ ।

–आगामी जेठ १ गतेदेखि एकल बिन्दु सेवा स्थापना गरिने ।

–उत्कृष्ट उत्पादनको नीति लिइने ।

–आगामी १ वर्षमा सातै प्रदेशमा औद्योगीक क्षेत्र निर्माण गरिने ।

–आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।

–कोशी र कर्णाली कोरिडोरको सबै ट्रयाक खोल्ने कार्य आगामी वर्षबाट सुरु गरिनेछ ।

–राजमार्गका विभिन्न स्थानमा आपतकालिन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिनेछ ।

–सामुदायिक, सहकारी र करार खेतीमा युवालाई प्रोत्साहन गरिनेछ । खाद्यवस्तुको उत्पादनमा तीव्र बृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइनेछ ।

–सिञ्चित कृषि क्षेत्रको वृद्धि मुलुकको समृद्धि ।

–एक बर्षको अवधिमा १ हजार ६ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ ।

–सरकारको जनताको सुख दुखमा साथ दिने गरी शशक्त हुनेछ ।

–दोहोरो अंकको आर्थिक बृद्धिदर भएको छ ।

–२७ प्रतिशतले बचत बृद्धि भएको छ ।

–अनावश्यक खर्चमा कटौती गरी मितव्ययीता कायम गरिएको छ ।

–विकास हामै पालामा सम्भव छ भन्ने विश्वास बढ्दै गएको छ ।

–रेलमार्ग निर्माणको लागि प्राविधिक अध्ययन सम्पन्न भएको छ ।

–२८७ मेगावाट विजुली यस वर्षको अत्न्यसम्म हुनेछ । सम्पूर्ण सुभनालाई डिजिटल नेटवर्कमा आवद्ध गर्ने गरी फ्रेमवर्क तयार भएको छ ।

–स्वदशेभित्रै रोजगारीको लागि सवै स्थानीय तहमा रोजगारी सुचना केन्द्र स्थापना गरिएको छ ।

–ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको छ । राष्ट्रिय सुरक्षा नीति  वित्तय अप।ाधमा संलग्नालाई कानुनी दायरामा ल्याइएको छ ।

–हरेक दिन एक कदम अगाडी बढ्ने सरकारको नीतिका कारण जनतामा उत्साह सृजना भएको छ । समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको छ ।

–जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने ।

-लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाँडिएको एकल विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ।

–ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न।

–आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने । उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ।

–उनले पर्यटक आगमनमा ३३ प्रतिशतले वृद्धि भएको बताइन् ।

–२०१९ भित्रै भैरहवा स्थित निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने छ । –आगामी आर्थिक वर्षमा सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना थालिने छ ।

–आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।

–सिमेन्टलाई प्रमुख निर्यात योग्य बस्तुको रुपमा उत्पादन बढाइने छ । रात्रिकालिन काठमाडौं सम्पदा यात्रा थालनी गरिने छ।

–राजमार्गका विभिन्न स्थानमा आपतकालीन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिने छ ।

–बारीका पाटा र खेतका गरा हुन्छन् हराभरा ।

–नारायणी लिफ्ट सिचाइ परियोजनालाई पुनः सञ्चालनमा ल्याइने छ।

–आगामी आर्थिक वर्षलाई वृक्षारोपण गरी वृक्षारोपण गरिने छ । सहकारीको

–नेतृत्वमा कृषि उत्पादन प्रशोधन र बजारीकरण गरिने छ।

– सामाजिक सुरक्षा भत्ता बढाइने छ ।

–आगामी चार वर्ष्भित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।

 

प्रकाशित मिति : 17:52