प्रतिपक्षी पनि बन्न नसकेको नयाँ शक्ति र सत्तारूढ संघीय समाजवादी फोरमबीच एकताको तयारी
१९ वैशाख, काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको सत्तारूढ संघीय समाजवादी फोरम र डा बाबुराम भट्टराइ नेतृत्वको प्रतिपक्षी पनि बन्न नसकेको नयाँ शक्ति पार्टीबीच एकताका लागि फेरि छलफल अघि बढेको छ । यसअघि पनि एकताको अन्तमि तयारी हुँदा नेतृत्वको विषयमा कुरा नमिल्दा पार्टी एकीकरण हुन सकेको थिएन ।

संघीय समाजवादीका केही नेताले नेकपासँग एकता गर्नु पर्ने बताइरहेका छन भने केहीले पहिला नयाँ शक्तिसँग एकता गरेर बाँकी कुरा पछि गर्नुपर्ने बताइरहेका छन । यद्यपी अहिले भने नयाँँ शक्तिसँग विभिन्न चरणमा छलफल भैरहेको फोरमका नेता डा शिवजी यादवले बताए । डा यदवका अनुसार अनुसार धेरै विषयमा सहमति भैसकेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । यद्यपी दुबै पार्टी एक हुने अन्तिम तयारीमा जुटेका छन ।
प्रकाशित मिति : 07:03









