८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

सरकार श्रमजीवी वर्गको पक्षमा: मुख्यमन्त्री पोखरेल

१८ वैशाख, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार श्रमजीवी वर्गका पक्षमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड युनियन (जिफन्ट) र अखिल नेपाल ट्रेड युनियन (अन्टुफ) ले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मजदूर वर्गको राजनीतिक संस्थाले मुलुकको नेतृत्व गरेकाले उनीहरुको जीवनस्तर सुधारका लागि काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “श्रमिकको जीवनस्तर सुधारका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको छ, यसको कार्यान्वयनपछि श्रमिकका समस्या समाधान हुन्छन् ।” मुख्यमन्त्री पोखरेलले समाज परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको अर्थ नहुने भएकाले समाज परिवर्तनका लागि आ–आफ्ना क्षेत्रबाट लाग्न सबैलाइ आग्रह गर्र्नुभयो ।

जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारको सामाजिक सुरक्षा योजना श्रमिकको हितमा रहेकाले रोजगारदातालाई छिटो सूचीकरण गर्न आग्रह गर्नुभयो । नेकपाका नेता हकिकुल्लाह खाँ, गोपाल भट्टराई, जिफन्टका प्रदेश अध्यक्ष हरि कार्की, बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलगायतले श्रमिकको समस्याप्रति गम्भीर बन्न सरकारलाई अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : 20:21