८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

बालुवाटार प्रकरणः मुख्यपात्र देउवा रहेको खुलासापछि कांग्रेसको चलाखीपूर्ण विज्ञप्ति, अब के होला ?

१७ वैशाख, काठमाडाैँ । बालुवाटारको सरकारी  प्रकरणको मुख्यपत्र पार्टी सभापति शेरबहादुर देउवा भएको सञ्चारमाध्यको खुलासापछि नेपाली कांग्रेसले चलाखीपूर्ण विज्ञप्ति जारी गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा बुँदा नम्बर ४ मा देउवाको संलग्ना अस्वीकार गरेको संकेत देखिन्छ । बालुवाटार प्रकरणका बारेमा मिडियाहरूले अाफ्नै ढंगले समाचारहरू मार्फत नयाँ नयाँ तथ्यहरू प्रस्तुत गरिरहेका भने सरकारले छानविनको काम अघि बढाइरहेको छ । यही बीचमा मंगलबार सबैजसो सञ्जारमाध्यममा बालुवाटारको जग्गा निजीकरण गर्नेमा देउवाको भूमिका प्रमुख रहेको समाचार प्रकाशन र प्रशारण गरेका थिए ।

देउवा २०४८ सालमा गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री थिएँ । त्यो भन्दाअघि बनेको कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले बालुवाटार जग्गा छानविन गर्ने जिम्मा गृहमन्त्रालयलाई दिएको थियो । भट्टराई सरकारको समय सकिएर गिरिजा प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री बनेका थिए । भट्टराई सरकारले दिएको कार्यआदेश गृहमन्त्रालयले कार्यान्वयन गरेको थियो । २३ पुस २०४९ मा गृहमन्त्रालयले सरकारी स्रेस्ता खारेज गरी सुनीति राणाका नाममा २८ रोपनी १४ आना जग्गा नामसारी गरिदिएको थियो । यही बिन्दुबाट सरकारी जग्गा ब्यक्ति नाममा जान सुरू गरेको देखिन्छ । सोहीक्रममा १३९ रोपनी जग्गा देउवाको पालामा व्यक्तिको नाममा गरिएको थियो ।

कांग्रेसले समाचारको खण्डन गर्ने हिसाबमा मंगलबार जारी गरेको विज्ञप्तिको तीन नम्बर बुँदामा लेखिएको छ  ‘बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ ।  दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।’ उसले देउवाको संलग्नताको विषयलाइ दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले अाएको भन्दै खण्डन गर्न खोजेको छ । यस्तो छ कांग्रेसको विज्ञप्ति

बालुवाटारको जग्गा प्रकरणमा प्रेस नोट
१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।
२. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरण बारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहो¥याउन चाहन्छ ।
३. बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ ।  दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।
४.  तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र  सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहो¥याउन चाहन्छ ।

सरकारी जग्गा अतिक्रमणमा नेकपा महासचिव बिष्णु पौडेललाई तान्दा तीन प्रधानमन्त्रीमाथी पहरो खसेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नयाँ शक्तिका संयोजन तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार जग्गा प्रकरणमा मुछिएका छन् । उनीहरु प्रधानमन्त्री हुने बेला गरिएका निर्णयबाट उनीहरु तानिएका हुन् । देउवा प्रधानमन्त्री र गृहमन्त्री हुँदा नै बालुवाटार जग्गा प्रकरणमा संलग्न भएको प्रमाण भेटिएको छ ।

प्रकाशित मिति : 21:37