८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौंः महान्यायाधिवक्ता खरेल

१७ वैशाख, काठमाडाैँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवर्निमित भवनको आज उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको क्रममा रहेका कुनै पनि व्यक्तिलाई यातना दिएर वयान गराइने अवस्थाको अन्त्य भएको भन्दै न्याय सम्पादनबिना यातना स्वतन्त्रपूर्वक आफ्ना कुरा भन्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।

उहाँले अनुसन्धानको सिलसिलामा फौजदारी न्याय प्रशासनलाई अघि बढाउने कतिपय कुरामा आफूहरुले ध्यान पु¥याउन र ध्यान दिन नसकिरहेको बताउँदै अपराध अनुसन्धानको कुरामा विचार पु¥याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महान्यायाधिवक्ता खरेलले अनुसन्धानको दायरामा कतिपय कुरा भनिंदैन र भन्न मिल्दैन तर त्यस्ता कुरामा प्रश्न गरेर अफ्ठ्यारो नपारी पत्रकारलाई आग्रह गर्नुभयो ।

न्याय क्षेत्रलाई विशुद्ध व्यावसायिक र मर्यादित केन्द्रको रुपमा स्थापित गर्न सकेमा मात्र संस्थाको न्याय हुने र फौजदारी न्याय प्रशासन अगाडि बढ्ने उहाँले बताउनुभयो । रु दुई करोड नौ लाख ९४ हजार लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा आवास र पीडितमैत्री कक्षसहित १७ वटा कोठा रहेका छन् ।

प्रकाशित मिति : 16:01