८ असार २०८३, सोमबार | Tue Jun 23 2026

नेकपाको संसदीय दलको बैठक आज, ओली र प्रचण्डले सम्बोधन गर्ने

१७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गर्ने संसदीय दलका उपनेता सुबास नेम्वाङले जानकारी दिए। संसदीय दलको बैठकमा सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनबारे छलफल हुने नेम्वाङको भनाइ छ। नेकपाले संसदको हरेक अधिवेशनको सुरुमा र अन्त्यमा संसदीय दलको बैठक बोलाउने परम्परा अनुसार बैठक बस्न लागेको हो।

फाइल तस्बीर ।

बैठकमा आगामी बजेट अधिवेशनबारे केही अन्तरबस्तुमा पनि छलफल हुने उपनेता नेम्वाङले जानकारी दिए। बैठकमा हिउँदे अधिवेशनपश्चात आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका सांसदहरुले त्यहाँबाट प्राप्त गरेका सुझावहरु नेतृत्वलाई सुनाउने छन्। हिउँदे अधिवेशनपश्चात् आगामी आर्थिक वर्षको बजेटमा सुझाव संकलनका लागि सांसदहरु निर्वाचन क्षेत्रमा परिचालित भएका थिए। सरकारले यही वैशाख २० गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तयारी गरेको छ।

फाइल तस्बीर ।

प्रकाशित मिति : April 30, 2019 at 10:54 am