सरकारको राम्रा काममा जिम्मेवार प्रतिपक्षको हैसियतले रचनात्मक सहयोग हुन्छः देउवा
१६ वैशाख, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले जनताको हितका कुनै काम गर्न नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले मुलुकमा भ्रष्टाचर बढेको, शान्ति सुरक्षाको अवस्था खस्केको तथा हत्याहिंसाको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको आरोप लगाउनुभयो ।

सभापति देउवाले बारा र पर्सालगायत तराईमा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै पीडितको आवास पुनःनिर्माण सरकारले तत्कालै पुर्नवासको व्यवस्था गर्न माग गर्नुभयो । सरकारको राम्रा काममा जिम्मेवार प्रतिपक्षको हैसियतले रचनात्मक सहयोग हुने बताउँदै उहाँले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण सदस्यलाई स्वागत गर्नुभयो ।
प्रकाशित मिति : 23:32









