८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बेइजिङको रातो कार्पेटमा राष्ट्रपति भण्डारीको भव्य स्वागत (फोटोफिचर)

१६ वैशाख, काठमाडाैँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीलाइ बेइजिङको रातो कार्पेटमा भव्य रूपमा स्वागत गरिएको थियो ।

 

प्रकाशित मिति : 23:25