सिके राउतले दिए निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन
१५ वैशाख, काठमाडौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । दल दर्ताका लागि आज निवेदन दर्ता गराइएको पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले बताए ।

युक्त पार्टीकाे चुनाव चिन्ह अष्टदल रहने प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ । आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने सिंहले बताए ।
प्रकाशित मिति : 19:36









