राष्ट्रिय तथ्यगत विवरण राख्ने वेबसाइट प्रधानमन्त्री ओलीले शुभारम्भ गरेकाे केही समयमै ‘डाउन’
१५ बैशाख, काठमाडौँ । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ पनि सञ्चालनमा ल्याएको छ । आईतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ सेवाको शुभारम्भ गरेका हुन् ।
राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रिय तथ्यांक विभागले तयार पारेको सो अनलाईन डाटा पोर्टलको नाम डब्लु डब्लु डब्लु डट नेशनलडाटा डट जीओभी डट एनपी (www.nationaldata.gov.np) राखिएको छ ।

तर, प्रधानमन्त्री ओलीले सञ्चालनमा ल्याएको (www.nationaldata.gov.np) यो लिंक भने हामीले समाचार तयार पार्दासम्म (आइतबार दिउँसो ३ः१५) खुलेको छैन । याे साइट क्लिक गर्दा नट फाउन्ड भनेर इरर देखाएकाे छ ।
संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाईन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाईन पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रिय तथ्यांक विभागले जनाएकाे छ ।

प्रकाशित मिति : 15:23







