सरकारले सोचे जस्तो गतिमा विकास अघि जान सकेको छैनः मन्त्री बास्कोटा
१५ वैशाख, भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले अहिलेको विकासको गति सरकारले सोचे अनुरुप अघि बढ्न नसकेको बताउनुभएको छ । उहाँले विकास कार्यमा कहिँ न कहिँ अठ्यारो देखिएको बताउँदै ति अठ्यारा छिचोलेर सरकार अघि बढ्ने बताउनुभयो ।

भक्तपुरको नगरकोटस्थित तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा बाधा उत्पन्न भएको उल्लेख गर्दै मुलुकमा केहीकेही कुरामा थिति बिगे्रको बताउनुभयो ।
चाइनाले बिआइआर स्विकार गरिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको उहाँको भनाई छ ।
मन्त्री बास्कोटाले गुणस्तरिय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि पनर्माणको प्रक्रियामा ल्याउने बताउनुभयो ।

सञ्चार मन्त्री बास्कोटाले प्रदेश सरकारले विनियोजन गरेको २७ करोड २५ लाख लागतको १३ किमि सडक निर्माण कार्यको सिलान्यास गर्नुभयो । मनोहरापुलदेखी तेलकोट सम्मको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।
सडक सिलान्यास कार्यक्रममा प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रदेश नं.३ का पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिमिल्सिनाले निर्माण व्यवसायीका कारण पूर्वाधार विकासका कार्यमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै मनोहरा पुलदेखी तेलकोटसम्मको सडक निर्माण कार्य समयमैसम्पन्न गर्नुपर्नेमा जोड दिदैं निर्माणका क्रममा आउने समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्ने औल्याउनुभयो ।

नगरकोट पिडीत संघर्ष समितिद्धारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र
मनोहरादेखी तेलकोटसम्मको १३ किमी सडक निर्माणको सिलान्यास गर्न तेलकोट पुग्नुभएका सञ्चार तथा सुचना प्रविधिमन्त्री बास्कोटालाई नगरकोट सडक पीडित संघर्ष समितिले भत्केकोपाटी–तेलकोट–नगरकोट सडकको २० किमि सडकको निर्माणकार्य छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

निर्माण कार्य शुरु गरेको ७ बर्षसम्म पनि निर्माण कार्य अलपत्र बनाएकाले व्यवसायीलाई छिटो निर्माण कार्य सम्पन्न गर्न र गुणस्तरिय निर्माण कार्य गराउन सरकारका प्रवक्तालाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँले घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण जनजीवन कष्टकर बन्दै गएको बताउनुभयो ।
प्रकाशित मिति : 14:28









