८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

‘सरकार लोकप्रिय र जनमुखी बन्न नीति तथा कार्यक्रममा समेट्नै पर्ने केही बुँदा’

१४ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नेत्र पाैडेलले सरकारले जनमुखी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन । नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारीमा रहेको सरकारलाई निशुल्क सुझाव दिँदै नेता पाैडेलले सरकार लोकप्रिय र जनमुखी बन्न नीति तथा कार्यक्रममा समेट्नै पर्ने केही बुँदा पेश गरेका छन ।

धादिङको भूगोलमा राजनीति गर्दै आएका पाैडेल एकीकृत पार्टीका लागि अध्यक्षका सर्वसम्मत उम्मेदवार बनेका थिए तर पार्टी केन्द्रमा माधव नेपाल गुटका नाममा समानान्तर कमिटीको चेतावनी पछि अध्यक्षहरूलाई नै जिम्मेवारी दिएको छ । यद्यपी जनताको बीचमा लोकप्रिय पाैडेलले सरकारलाई सकारात्मक सुझाव दिनेकार्य जारी राखेका छन । पाैडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई दिएको सुझाव यस्तो छ ।

कम्युनिस्ट सरकाकरको नीति तथा कार्यक्रम बन्दै गर्दा क़ेही सुझाव

१) रोग पहिचान पछी पूर्ण रुपमा निसुल्क उपचार हुनेगरि अस्पतालहरूको नाम र स्थान

I) क्यान्सर रोग जनता अस्पताल भरतपुर
Il) मुटुरोग जनता अस्पताल बासबारी
Ill) किडनी प्रत्यारोपण महाशाखा बीर अस्पताल
Iv) ब्रेन हेमरेज उपचार महाशाखा शिक्षण अस्पताल
V) किडनी डायलसिस पायक पर्ने अस्पताल
Vi) जेष्ठ नागरिक अस्पताल प्रदेश स्तरीय (८० बर्ष भन्दा माथी)

२) प्रत्येक पालिका स्तरमा सहकारी फ़ार्मेसी र वड़ा स्तरमा त्यसको शाखा स्थापना
३) निसुल्क औषधि वितरण कार्यक्रम खारेज
४) आधारभूत प्रयोगशाला सहित न्यूनतम एक पालिका एक डा. सहितको अस्पताल , वडा तहमा स्वास्थ्य चौकी
५) विद्यालयमा pcf fond कार्यक्रम पुनः स्थापना , १०० भन्दा कम विद्यार्थी भएका विद्यालय समायोजन
६) प्रत्येक वड़ा स्तरमा सरकार संगको लागत सहभागितामा सामुदायिक / सहकारी नमूना कृषि तथा पशुपंछी फ़ार्म
७) कृषि पेशालाई २% ब्याजमा ऋण प्रदान
८) पालिका स्तरमा एकीकृत बस्ती निर्माणको सुरुवात
९) ज़मीनमा राज्यको स्वामित्व क़ायम ग़र्न संबिधान संशोधन तथा कृषकलाई ज़मीन भाडामा दीने नीति
१०) एक बर्ष भित्रमा सम्पूर्ण नागरिकहरूले स्रोत सहित आफ़नो सम्पती अद्याबधी ग़र्नु पर्ने । स्रोत नखुलेका सम्पती राष्ट्रीयकरण ग़र्ने
११) हरेक बर्ष आफ़नो सम्पती स्रोत सहित online मार्फ़त सार्वजनिक ग़र्नु पर्ने
१२) सामूहिक बलात्कार, बाल बलात्कार र वृद्धा बलात्कारलाई आजीवन कारावासको सजाय तोक्ने
१३) आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार र जातीय बीभेदमा प्रमाणित व्यक्ति आजन्म सार्वजनिक पदमा बस्न नपाउने क़ानूनी व्यवस्था
१४) सूचनाको हक़ सम्पूर्ण निकायमा अनिवार्य ग़र्ने , लुकाउन खोजेको प्रमाणित भएमा सार्वजनिक पदमा बस्न नपाउने क़ानूनी व्यवस्था ग़र्ने
१५) माध्यमिक तह सम्मको शिक्षा निसुल्क र अनिवार्य ग़र्ने सुल्क लीने र स्कूल नपठाऊने दूबै दण्डित हुने
१६) सम्पूर्ण कारोबार बैंक मार्फ़त मात्र ग़र्नुपर्ने अनिवार्य व्यवस्था ग़र्ने
१७) कुनै पनी सरकारी अड्डा , सेवाक्षेत्र वा रोज़गार प्रदायक निकायमा नागरिक बड़ापत्र अनिवार्य हुनु पर्ने
१८) भनसुन प्रवृत्ति दण्डनीय हुनुपर्ने तथा निर्णायक निकायले पक्षपात गरेको प्रमाणित भएमा तेस्ता व्यक्ति स्वतः पदमुक्त हुने
१९) सामुदायिक तथा सरकारी बनक्षेत्रलाई बहुउपयोगमा ल्याउने
२०) प्रत्येक घरमा स्वच्छ खानेपानी
२१) निजी क्षेत्रका शिक्षण तथा स्वास्थ्य संस्थाहरुको अस्वाभाविक सुल्क नियंत्रण गरी सेवामूलक बनाउन मापदण्ड जारी ग़र्ने
२२) बिगतमा संचालित लोककल्याणकारी तथा सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दीने…..
यी कामहरूमा आवश्यक रक़म बिनियोजन गरेपछी बाक़ी रहेको बजेटले पूर्बाधारका अन्य कामहरू ग़र्ने !

प्रकाशित मिति : 07:35