११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

राष्ट्र बैंकले खारेज गर्यो राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर सम्बन्धी इजाजतपत्र खारेज गरेको छ । भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र पाएको उक्त कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन राष्ट्र बैंकसमक्ष स्वेच्छिक रूपमा निवेदन दिएको थियो।

 कम्पनीको स्वैच्छिक निवेदनपश्चात् ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ बमोजिम बैंकको निर्णयअनुसार उक्त इजाजतपत्र औपचारिक रूपमा खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : November 26, 2026 at 1:49 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/