जागिरकाे खाेजीमा हुनुहुन्छ ? महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर
१० मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेकाे हो । बैंकले ब्रान्च म्यानेजर पदका लागि सुपरभाइजर, जुनियर अफिसर तथा अफिसर तहमा कर्मचारी माग गरेको छ । त्यस्तै, रिलेसनसिप म्यानेजर पदमा जुनियर अफिसर र रिलेसनसिप अफिसर पदमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट तथा सुपरभाइजर तहका लागि आवेदन खुला गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले मंसिर २३ गतेसम्म बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : November 26, 2026 at 10:52 am














