कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
१० मंसिर, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन माग गरेको हो।
बैंकले संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना पहिलोपटक प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाणसहित आवेदन पेस गर्नुपर्नेछ।
इच्छुक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट खुलाएर बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ। तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा उक्त सेयर बाह्य खरिदकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
प्रकाशित मिति : November 26, 2026 at 9:46 am














