एसईईको आवेदन फाराम भर्ने म्याद थप
८ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा १० मा अध्ययनरत परीक्षार्थीहरूका लागि एसईई आवेदन फाराम भर्ने तथा भराउने म्याद १५ दिन थप गरेको छ। कार्यालयले आज दोस्रोपटक सूचना जारी गर्दै यसअघि कात्तिक ९ गतेको सूचनाअनुसार आज मंगलबारसम्म तोकिएको समयावधि दसैँ, तिहार तथा छठ पर्वको बिदाका कारण अपुग भएको भन्दै विद्यालयहरूबाट म्याद थपको माग आएकाले समय थप गरिएको जनाएको छ।

अब मंसिर २५ सम्म कायम गरिएको कार्यालयले जानकारी दिएको छ।
प्रकाशित मिति : November 24, 2026 at 2:38 pm













