आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। यस दिन सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : November 24, 2026 at 10:54 am













