५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने प्रस्ताव गरे। उनले लिङ्देनसहित सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले मंसिर २६ देखि २८ गतेसम्म हुने आठौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘विचारलाई नयाँ पुस्तासँग पुस्तान्तरण गर्दै, विचारलाई आत्मसाथ गर्दै, नेपालको जुनसुकै ठाउँबाट जागेर आउनुस्, रोक्न खोज्छन् उनीहरूलाई भन्नुस्, यो पार्टी जबसम्म पुस्तान्तरण हुँदैन तबसम्म भविष्य छैन। त्यही भएर राप्रपा अध्यक्षमा म उम्मेदवारी घोषणा गर्छु,’ उनले भने, ‘राजेन्द्र लिङ्देनसहित पार्टीका अन्य शीर्ष नेताहरूलाई सर्वोच्च नेता बनिदिन हामी युवाहरूको प्रस्ताव छ। तपाईंहरूको अनुभव र मार्गदर्शनअनुसार अध्यक्षभन्दा पनि माथि सर्वोच्च नेताका रूपमा राख्न चाहन्छौं।’

प्रकाशित मिति : November 20, 2026 at 12:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/