सिद्धार्थ बैंकको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा
४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनी श्याम सुन्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन माग गरेको छ। उक्त सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन सक्नेछन्।

खेतानले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री तथा नामसारीका लागि बैंकमा निवेदन दिएका थिए। बैंकका अनुसार संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको थियो। त्यसका लागि बैंकले ३५ दिने सूचना प्रकाशित गरेको थियो। उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थालाई समेत बिक्री गर्न आवेदन खुलाइएको हो।
प्रकाशित मिति : November 20, 2026 at 9:08 am













