माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै
३ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना हुने भएको छ। नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले प्रतियोगिताको आयोजक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो।
प्रतियोगितामा ५, १२, २१ र ४२ किलोमिटर गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकले आफ्नो वेबसाइटमा पनि यी चार दूरीका दौड समावेश गरेको छ। १२ किलोमिटरको दौड कर्पोरेट विधाका रूपमा राखिएको छ। सहभागीले आफ्नो क्षमता र रुचिअनुसार उपयुक्त विधा छनोट गर्न सक्नेछन्।
इच्छुक धावकले आयोजकको आधिकारिक वेबसाइट मार्फत विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्ने जनाइएको छ। प्रतियोगिताले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याउने बैंकको अपेक्षा छ। व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्त्वबारे जनचेतना बढाउन प्रतियोगितामा सहकार्य गरिएको बैंकले जनाएको छ।
प्रकाशित मिति : November 19, 2026 at 5:03 pm













