नेप्सेले बेनी सेक्युरिटिजलाई गर्यो निलम्बन, यस्तो छ कारण
३ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालिलाई निलम्बन गरेको छ । तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट कार्य सम्पन्न नगरेपछि नेप्सेले उक्त कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफ कम्पनी (सीडीएससी) ले भदौ ३ गते पत्राचार गर्दै बेनी सेक्युरिटिजलाई निलम्बन गर्न नेप्सेसमक्ष सिफारिस गरेको थियो । सीडीएससीको उक्त सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरेको जनाएको छ । नेप्सेले भदौ ३ गते नै पत्र पठाएर कम्पनीलाई निलम्बनको निर्णयबारे जानकारी गराएको थियो । निलम्बन अवधिभर बेनी सेक्युरिटिजले धितोपत्रको खरिदबिक्री कारोबार गर्न पाउने छैन ।
प्रकाशित मिति : November 19, 2026 at 12:47 pm













