स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो
२९ कात्तिक, काठमाडौं । स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि मंसिर ४ गते बाेलाएकाे बताए । प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न दलहरूलाई डाकेको नेपाली कांग्रेसका सभापति गगन थापाले पनि जानकारी गराएका छन् ।
प्रकाशित मिति : November 15, 2026 at 5:30 pm








