वैकल्पिक विकास वित्त कोषको सीईओ पदका लागि ६ जनाको नाम सर्टलिस्ट
१७ कात्तिक, काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाको नाम सर्टलिस्टमा परेको छ । अर्थ मन्त्रालयका अनुसार कोषको सीईओ पदमा एक दर्जन आवेदन परेको थियो । जसमध्ये ७ जनाको नाम अस्वीकृत भएको छ ।
सर्टलिस्टमा परेकामा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा छन् । उनीहरूको अन्तर्वार्ता मंसिर ५ र ६ गते तय गरिएको छ ।
प्रकाशित मिति : November 3, 2026 at 2:37 pm










