१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

फर्स्ट माइक्रोफाइनान्सको नाफा ५.५७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१२ कात्तिक, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ७७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५७ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ६८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो।

गत वर्षको पहिलो त्रैमासमा ४.२४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष घटेर १.९७ प्रतिशतमा झरेको छ। त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात ०.२४ प्रतिशतबाट घटेर शून्यमा आएको छ।

संस्थाको वितरणयोग्य नाफा पनि बढेको छ। असोज मसान्तमा कम्पनीकाे  वितरणयोग्य नाफा १ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ७८ लाख ३१ हजार रुपैयाँभन्दा ६५.६९ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा ५.६३ प्रतिशत रहेको कोषको लागत यस वर्ष ४.६३ प्रतिशतमा झरेको छ। ब्याज खर्च पनि ५ करोड ८४ लाख २९ हजार रुपैयाँबाट घटेर ३ करोड १४ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ।

गत वर्ष ४ करोड ४८ लाख ४२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष घटेर ३ करोड ३८ लाख ७२ हजार रुपैयाँमा झरेको छ। संस्थाको सञ्चालन नाफा २ करोड ४० लाख ५८ हजार रुपैयाँबाट बढेर २ करोड ५३ लाख ९७ हजार रुपैयाँ पुगेको छ।

असोज मसान्तमा संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष ३६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफा १६ करोड १९ लाख रुपैयाँ रहेको छ। संस्थाले लघुवित्त तथा सहकारी संस्थालाई प्रवाह गरेको कर्जा ४ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तमा यस्तो कर्जा ४ अर्ब ६९ करोड ५२ लाख रुपैयाँ थियो। यस अवधिमा सापटी रकम पनि ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँबाट घटेर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा झरेको छ। असोज मसान्तमा कम्पनीकाे प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसा पुगेको छ। गत वर्ष यस्तो आम्दानी ५ रुपैयाँ १ पैसा थियो। प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४९ पैसा रहेको छ।

प्रकाशित मिति : October 29, 2026 at 9:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/