१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै अधिकांश सुचक ऋणात्मक

११ कात्तिक, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था थप दबाबमा परेको छ। कम्पनीले प्रकाशित गरेकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार करिब ३ अर्ब रुपैयाँले नाफा ऋणात्मक अवस्थामा पुगेको छ ।

वित्तीय विवरणअनुसार  असोज मसान्तसम्म २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा संस्थाले ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षमै संस्थाको वित्तीय नतिजा ८ करोड ३३ लाख ६७ हजार रुपैयाँले खस्किएको छ ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ४० करोड ३२ लाख रुपैयाँभन्दा बढी थियो।

कुल सञ्चालन आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष पहिलो त्रैमासमा ४४ करोड ९ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन आम्दानी यसपटक घटेर ३३ करोड ३५ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीकाे कुल कर्जामा निष्क्रिय कर्जा अर्थात् एनपीएलको अनुपात २१.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.७० प्रतिशत थियो। एक वर्षमै खराब कर्जाको अनुपात ६.०३ प्रतिशत बिन्दुले बढेको हो ।

यस्तै, संस्थाको वितरणयोग्य नाफा पनि १५ करोड ८१ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ। घाटा बढेसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक बनेको छ। पहिलो त्रैमासमा संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा धनात्मक थियो।  असोज मसान्तसम्म संस्थाको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा रहेको छ भने अघिल्लो वर्ष यस्तो नेटवर्थ १८६ रुपैयाँ ५९ पैसा थियो ।

प्रकाशित मिति : October 28, 2026 at 12:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/