४ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, धितोपत्र बोर्डसँग माग्यो अनुमति
११ कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएकाे हाे ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर रहनेछ। बैंककाे कुल ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तवरबाट बिक्री गरिनेछ।
बाँकी १६ लाख कित्ता अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने बैंकले जनाएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
प्रकाशित मिति : October 28, 2026 at 9:54 am










