एशियन लाइफका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिए राजीनामा
१० कात्तिक, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले सञ्चालक पदबाट राजीनामा दिएका छन्। कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै कात्तिक ९ गते सोमबार राजीनामा दिएका थिए।

उक्त राजीना कात्तिक १० गते मंगलबार बिहान बसको सञ्चालक समितिको २२४औं बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : October 27, 2026 at 10:26 am










