प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २० प्रतिशतसम्म छुट
२७ असोज, काठमाडौं । दसैंलाई लक्षित गर्दै प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दसैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। कम्पनीले असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्न लागेको हो।
क्याम्पअन्तर्गत प्रोटोनका ग्राहकले आफ्नो सवारीसाधनको निःशुल्क जाँच गराउन सक्नेछन्। साथै, स्पेयर पार्ट्समा २० प्रतिशतसम्म र सर्भिस तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

क्याम्पमा सहभागी ग्राहकले दुई पटकसम्म निःशुल्क सवारीसाधन धुने सुविधा पनि पाउनेछन्। त्यसैगरी, प्रत्येक सहभागी ग्राहकलाई आकर्षक उपहार ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ। दसैंमा परिवारसँग भेटघाट गर्न तथा आफ्नो गृहजिल्ला जान लामो दूरीको यात्रा गर्ने ग्राहकलाई लक्षित गरी क्याम्प सञ्चालन गर्न लागिएको हो। यात्राअघि सवारीसाधनको अवस्था जाँच तथा आवश्यक मर्मतसम्भार गराउँदा यात्रा सुरक्षित र सहज हुने कम्पनीको विश्वास छ।
यस क्याम्पमार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य कम्पनीले लिएको छ। जगदम्बा मोटर्सले प्रोटोनका सम्पूर्ण ग्राहकलाई समयमै सवारीसाधनको जाँच तथा सर्भिसिङ गराई दसैंको यात्रा सुरक्षित बनाउन आग्रह गरेको छ।
प्रकाशित मिति : October 14, 2026 at 5:42 pm







