स्वाभिमान लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
२८ असोज, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। असोज २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गरी गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनीहरुलाई निराश बनाएको छ ।

साथै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : October 14, 2026 at 10:52 am






