१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नेसनल लाइफ इन्स्योरेन्समा दुई जना सञ्चालक नियुक्त

https://www.muktinathbank.com.np/online/loan-application

२७ असोज, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक नियुक्त भएका छन्। कम्पनीका अनुसार राष्ट्रिय वाणिज्य बैंकको प्रतिनिधित्व गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेल सञ्चालक नियुक्त भएका हुन्। राष्ट्रिय वाणिज्य बैंकले २०८३ भदौ २९ गते पठाएको पत्रअनुसार पौडेललाई कम्पनीको सञ्चालकमा नियुक्त गरिएको हो।

त्यसैगरी, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा सरस्वति अधिकारीलाई नियुक्त गरिएको छ। उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : October 13, 2026 at 11:47 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/